जापानमा विदेशीको लागि सहायताTaxRefund PG&CO. You may apply for a tax refund if you are giving financial support to your family in your home country


राय/सुझाव

हाम्रो ग्राहकहरुको प्रतिक्रिया

सुश्री R (फिलिपिना)

मेरो विवाह भएको ४ वर्षमा अचानक मेरो पतिको क्यान्सरको कारणले मृत्यु भएको थियो । त्यो समय म आर्थिक हिसाबले पीडित भएको थिएँ । तेही समय साथीबाट PG&COको बारे थाहा पाएँ र कर फिर्तीको लागी आवेदन दिए PG&CO ले सफलतापूर्वक ४ वर्षको मेरो पतिको कर फिर्ती गरिदिन सहयोग गरिदियो ।

श्री S (जापानी)

केहि वर्ष अगाडि मैले फिलिपिनी महिलासंग विवाह गरेको थिएँ । फिलिपिन्समा बस्नुहुने श्रीमतीको परिवारलाई पैसा पठाई आर्थिक सहायता गर्दै आएको थिएँ । गत वर्ष मैले कर फिर्ती प्रणालीको बारेमा पहिलो पटक सुनेको थिएँ । तर, त्यो बेला यो प्रणालीको विश्वासनै गरेको थिइन । तैपनि PG&CO मार्फत आवेदन दिए । कर फिर्ती सफल भयो र यो प्रणालीले काम गर्ने रहेछ भन्ने थाहा पाएँ । फिर्ती भएको रकम पनि श्रीमतीको परिवारलाईनै पठाउन पाएकोमा खुसी छु । यस प्रणालीबारे पहिलेनै थाहा पाएको भए, झन् अगाडि तिरेको करको रकम पनि फिर्ता गराऊन सकिदो रहेछ जस्तो लागेको छ ।

श्रीमती A (फिलिपिना)

म जापानीसंग विवाह गरेकी फिलिपिनी महिला हुँ । मैले मेरो साथीहरुबाट धेरै पटक कर फिर्तीको बारेमा सुनेको थिएँ तर मलाई विश्वास लागेको थिएन । देशमा बस्ने परिवारलाई सहयोग गरेबापत कर फिर्ती गर्न सकिन्छ भन्ने कुरामा विश्वासनै लागेको थिएन । तर, PG&CO कम्पनीबाट सल्लाह लिएपछि स्टाफले भनेअनुसार निवेदन दिए नभन्दै कर फिर्ती गराऊन PG&CO सफल भयो । कहिलेकाहीं साथीहरुको कुरा शंका गर्नु  अगाडि साँचो झुटो कुरा के हो बुझ्न जरुरी छ जस्तो लाग्छ ।

श्रीमती N (चीनियाँ)

म जापानमा बस्ने चीनियाँ नागरिक हुँ । चीनमा बस्ने मेरा नातागोतालाई जीवनशैली चलाउन कठिन भएको महशुस गरि आर्थिक सहयोग गर्दै आएको छु । पारिवारिक सहयोग गरेबापत कर फिर्तीको बारे थाहा पाउदा विश्वासनै लागेको थिएन । यो वर्ष मेरो श्रीमानले PG&CO मार्फत कर फिर्तीको लागि आवेदन गरि कर फिर्ती गर्न सफल हुनुभएको छ । PG&CO को सहयोगको लागि धेरै धेरै धन्यवाद ।

श्री K (जापानी)

म रसियन श्रीमती भएको जापानी नगर्रिक हुँ । रसियामा बस्दै आउनुभएका श्रीमतीको परिवारलाई आर्थिक सहयोग गरेबापत कर फिर्तीको कुरा थाहा पाएपछि PG&CO को सहयोग मार्फत कर फिर्ती गर्न सफल भएँ । PG&CO को सहयोग र सेवाको कुरा साथीहरुलाई पनि बताउन चाहन्छु ।

श्री J (पेरुभियन)

ठुलो रकमको फिर्ती संगै मातृभूमि फर्केर सहज जीवन बनाउन सफल भाएकोले धेरै खुसी छु । PG&CO स्टाफको सहयोग र सहायताको लागि आभारी छु ।

श्री V (भियतनामी)

म जापानमा बस्दै आएको भियतनामी नागरिक हुँ। म जापानमा पैसा कमाएर परिवारलाई आर्थिक सहयोग गर्न आएको थिएँ । पारिवारलाई आर्थिक सहयोग गरेबापत कर फिर्तीको रकम पाएकोमा म आश्चर्य भएँ । यो प्रणाली र कम्पनीको बारे मेरा साथीभाईहरुलाई पनि बताउन चाहन्छु । जसले आफ्नो देशमा रहनुभएका परिवारलाई आर्थिक सहयोग गर्दै आउनुभएको छ । धेरै धेरै धन्यवाद ।

श्री F (थाई)

धेरै वर्ष पहिले म एक आप्रवासी कामदारको रूपमा  मेरो आमाबाबु र भाईबहिनीको सहायता गर्नको लागि जापान आएको थिएँ, किनभने त्यस बेला थाईल्याण्डमा जागिर पाउना धेरै कठिन थियो । कर फिर्तीको निवेदन गरेपछि  रकम पाउन सफल भएकोमा मलाई मेरो मेहेनतको फल पाएको अनुभव भएको छ । फिर्ती भएको रकम म मेरो बिरामी आमाको औषधि खर्चको लागि उपयोग गर्न चाहन्छु । आशा छ, भविष्यमा पनि PG&COको सहायता पाउनेछु ।

श्री U (इन्डोनेशिया)

म जापानको नागोया सहरमा बस्दै आएको इन्डोनेसियाली नागरिक हुँ । यस कम्पनीको कर फिर्ती प्रणालीको बारे साथीबाट थाहा पाउदा विश्वासनै लागेको थिएन । तर मैले कर फिर्ती गरे बापत लाग्नेखर्च कर फिर्ती पछि मात्र तिर्नु पर्ने  कुरा थाहा पाएपछि निवेदन दिने निर्णय गरें । नभन्दै कर फिर्ती भयो कर फिर्तीको रकम मैले सोचे भन्दापनि ठुलो भएकोले म आश्चर्य भएँ । भविष्यमा पनि आफ्नो देशमा रहनुभएका परिवारलाई आर्थिक सहयोग गर्ने बिचारमा छु ।

03-5453-6931 03-5453-6931